उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि

काठमाण्डु टुडे २०७९ माघ २३ गते १६:१९ मा प्रकाशित

काठमाण्डु,२३ माघ– काठमाण्डु उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि भएको छ । ललितपुरको खुमलटार, काठमाण्डुको नार्गाजुन नगरपालिका रामकोट र काठमाण्डुको तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालय स्रोतकाअनुसार गत शुक्रबार खुमलटारस्थित कृषिअनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको थियो । सानो परिमाणमा रहेको त्यहाँको पन्छी नष्ट गरिसकिएको मन्त्रालयले बताएको छ ।

यस्तै, नार्गाजुन नगरपालिका ६ रामकोटको फार्ममा पनि बर्डफ्लू संकमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । त्यहाँ फर्ममा रहेका ४ हजार ५ सय कुखुरा र २ हजार २५५ वटा अण्डा नष्ट गरिएको पनि मन्त्रालयले बताएको छ ।

तारकेश्वरमा बर्डफ्लू पुष्टि भएको ठाउँमा अहिले पन्छी नष्ट गर्ने काम रहेको मन्त्रालयले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us