राष्ट्रिय स्वतन्त्र पार्टीका ३ मन्त्रीको राजीनामा स्वीकृत

काठमाण्डु टुडे २०७९ माघ २३ गते १५:४१ मा प्रकाशित

काठमाण्डु,२३ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीका ३ जना मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीको राजीनामा स्वीकृत गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

साथै राजीनामापछि रिक्त रहेको ३ मन्त्रालयको जिम्‍मेवारी राष्ट्रपति भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई तोकेकी छन् । 

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us