टर्की र सिरियाको भूकम्पमा परी मृत्यु हुनेको संख्या ५०० नाघ्यो

काठमाण्डु टुडे २०७९ माघ २३ गते १४:४७ मा प्रकाशित

एजेन्सी – टर्कीमा सोमबार बिहानै एकपछि अर्को गरी दुई पटक गएको शक्तिशाली भूकम्प परि ५०० भन्दा बढीको मृत्यु भएको छ ।

भूकम्प गएपछि टर्की सरकारले आपतकालको घोषणा गरेका छन् । अधिकारीका अनुसार मृतकको आँकडा तीब्र रुपमा बढिरहेको छ ।

टर्कीको दक्षिणमा सिरियाली सीमा नजिकै स्थानीय समयानुसार बिहान ४ स् १७ मा ७।८ म्याग्निच्युडको भूकम्प गएको थियो । पहिलो झट्काको केही मिनेटपछि अर्को एउटा शक्तिशाली झट्का महसुस गरियो ।

टर्की विपद् व्यवस्थापन एजेन्सीले पूरा इलाकामा एकपछि अर्को गरी ४० भन्दा बढी पराकम्प महसुस गरिएको छ । टर्कीसमेत लेबनान, सिरिया, साइप्रस, इजराइल र प्यालेस्टाइना पनि भूकम्पको झट्का महसुस गरिएको छ ।

टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले देशमा आपतकाल लागू गरेका छन् । यहाँ तीव्र रुपमा उद्धार कार्य गरिएको छ ।

टर्कीका उपराष्ट्रपति फुआत ओक्तेले देशमा भूकम्पका कारण मृत्यु हुनेको संख्या २८४ पुगेको र घाइतेको संख्या २ हजार ३२३ पुगेको जानकारी दिएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us