नेविसंघका दुई समूहबीच ढुङ्गा हानाहान

काठमाण्डु टुडे २०७९ माघ २३ गते १३:४२ मा प्रकाशित

 काठमाण्डु,२३ माघ– कांग्रेस निकट विद्यार्थी संघ नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको छ ।

संस्थापन र इतर पक्षका दुई विच झगडा हुँदा संख्यामा प्रहरी परिचालन गरीएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी दिनेश मैनालीले भने, ‘ ढुङ्गा हानाहान भएपछि अन्य विभिन्न इकाईबाट टोली खटाएका छौं ‘स्थितिलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।’

शेखर–गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त भेलामा संस्थापन पक्षले आक्रमण गरेपछि झडपको स्थिति आएको शेखर–पक्षका विद्यार्थी नेता धर्मराज शाहीले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us