
काठमाण्डु,२३ माघ– एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक आगामी २९ माघदेखि १ फागुनसम्म बस्ने गरि बैठक बोलाइएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन ।
बैठकको एजेण्डा तय गर्न २६ माघमा सचिवालय बैठक बस्ने भएको छ । संगठन सुदृढीकरण नै बैठकको प्रमुख एजेण्डा बन्ने गुरुङले जानकारी दिएका छन ।
४ मंसिरमा भएको निर्वाचन पछि एमालेको पहिलोपटक बैठक बस्न लागेको हो ।