
काठमाण्डु,२३ माघ– एमाले नेता डा.भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जाँच गर्नुपर्ने बताएका छन ।
नेता रावलले ट्वीट गर्दै लेखेका छन, ‘ राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने, देश–जनताप्रति इमान्दार, तथ्यबाट सत्य खोज्ने राजनीतिकर्मीले आरोपको तथ्यगत खण्डन गर्छ ।
आलोचना सुन्छ । सत्य तथ्य औंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्यतालाई मान्छ । गालीगलौजमा उत्रिन्न । यस कसीमा रवि लामिछानेको जाँच गरौं’।
सरकार छाडेको घोषणा गर्दै हिजो आइतबार गरेको पत्रकार सम्मेलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सञ्चार माध्यम र पत्रकारमाथि गालीगलौज गरेका थिए ।