
काठमाण्डु,२३ माघ– एमाले पोलिटब्यूरो सदस्य एवं संसद गोकुल बास्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निष्फिक्री बोलेको बताएका छन ।
बास्कोटाले सामाजिक सञ्जालमा लेख्दै प्रतिरक्षा र जवाफदेहिता अरुको काम भएको बताएका छन । उनले मिडियाका विषयमा डटेर सामना गर्ने बास्कोटा भएको लामिछानेले् आइतबार सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि बास्कोटाको यस्तो बताएका हुन ।
आफूले यसअघि बास्कोटाको एउटा घटनाक्रममा आलोचना गरेपनि मिडियाको सवालमा आँटिलो बास्कोटा भएको लामिछानेले बताएका छन ।
बास्कोटाले भने, ‘रबिले निष्फिक्री बोले । प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो। प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो’ ।