मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाण्डु टुडे २०७९ माघ २३ गते ११:०७ मा प्रकाशित

काठमाण्डु,२३ माघ– मन्त्रिपरिषद्को बैठक आज सोमबार बस्दै छ । बैठक चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डाका साथै सुरक्षा अधिकारीहरुको बढुवा लगायतका विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी भने सरकारबाट हिजो आइतबार बाहिरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us