टर्कीमा शक्तिशाली भूकम्प

काठमाण्डु टुडे २०७९ माघ २३ गते ८:२२ मा प्रकाशित

एजेन्सी– टर्कीको दक्षिणपूर्वी क्षेत्र गाजियनटेपमा शक्तिशाली भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षणका अनुसार बिहान ४ बजेर १७ मिनेटमा गाजियनटेप सहर नजिक १७.९ किलोमिटर गहिराईमा ७.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

पहिलो भूकम्प गएको ११ मिनेटपछि ६।७ म्याग्निच्युडको अर्को भूकम्प गएको समाचार एजेन्सीहरुले जनाएका छन् ।

भूकम्पको धक्का राजधानी अंकारा र टर्कीका अन्य सहरहरू र यस क्षेत्रमा पनि महसुस गरिएको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले भूकम्पका कारण धेरै भवनहरूमा पूर्ण क्षति भएको र क्षतिग्रस्त भवनमा धेरै मानिसहरु फसेको हुनसक्ने औंल्याएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us