
काठमाण्डु, २३ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रतिनिधिसभामा सहभागी सबै दलका प्रमुख सचेतकलाई छलफलमा बोलाएका छन् ।
प्रतिनिधिसभाको विजनेशका विषयमा छलफल गर्न प्रमुख सचेतकहरुलाई बिहान ९ बजे बालुवाटार बोलाइएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिए ।
‘संसदलाई कसरी प्रभावकारी र जनताको पक्षमा हुने गरी चलाउन सकिन्छ भन्नेबारे प्रधानमन्त्रीले प्रमुख सचेतकहरुसँग छलफल गर्न लाग्नुभएको हो’, तिमिल्सनाले भने ।