
काठमाण्डु, २३ माघ– रुपन्देहीको भैरहवामा कार र बस ठोक्किँदा एक जनाको ज्यान गएको छ ।
सिद्धार्थ राजमार्गको बेलहिया बुटवल सडक खण्डअन्तर्गत अञ्चलपुरमा रहेको नेपाल आयल निगमको डिपो अगाडि रोकी राखेको लु२ख ६०६ नम्बरको ट्रकमा ठोक्किने लु२ख ६०३८ नम्वरको बस र ग१च ३७१३ नम्बरको निजी कार ठोक्किएको प्रहरीले जनाएको छ । बस र कार दुवै बुटवलबाट भैरहवातर्फ गइरहेका बेला ट्रकमा ठोक्किएका प्रहरीले जनाएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा तनहुँ भिमाद नगरपालिका–५ का २१ वर्षीय हरिश तिवारी छन् । बसमा यात्रा गरिरहेका पश्चिम नवलपरासीको बिनयी त्रिवेणी गाउँपालिका–१ का ३९ वर्षीय बासु घिमिरे र सोही ठाउँका १६ वर्षीइ दिपेश घिमिरे घाइते भएका छन् । मृतक तिवारी बसका सह–चालक रहेको खुलेको छ ।
दुर्घटनाको समयमा बस उनैले चलाएका थिए ।