
काठमाण्डु,२२ माघ– आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने क्रममा कांग्रेस सत्तारुढ दल बन्न खोजेको बताएका छन ।
ओलीले बोल्ने क्रममा सरकारको न्यूनतम साझा कार्यक्रममा भएका विषयबारे जानकराी गराउँदै थिए । तर कांग्रेस सांसद रामहरि खतिवडाले नियमापत्ति गरे ।
उनले प्रतिनिधिसभा नियमावलीको नियम २६ अनुसार नियमापत्ती गरेको भन्दै ओलीले न्यूनतम साझा कार्यक्रमबारे बोल्न नपाउने बताएका छन ।
उनले भने, ‘पूर्वप्रधानमन्त्रीज्यूले न्यूनतम साझा कार्यक्रमबारे बोल्नुभयो । यो संसद चलिरहेको छ । चलेका दिनदेखि न्यूनतम साझा कार्यक्रमको अनुहार रुप र कागज हामीले देख्न पाएका छैनौं ।
त्यसैले कुनै बार्दलीबाट ल्याएको कार्यक्रम संसदमा प्रस्तुत नगरियोस्’ ।
ओलीले भने खतिवडामाथि नै ब्यंग्य गरे । यसअघि नेपाली कांग्रेसले प्रधानमन्त्रीले भन्दा अगाडि बोल्न पाउँ भनेर वेल घेरेको भन्दै ओलीले भने, ‘उहाँहरुले यस्तो गरिरहनुहुन्छ ।’