प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू अनुपस्थित

काठमाण्डु टुडे २०७९ माघ २२ गते १५:०१ मा प्रकाशित

काठमाण्डु,२२ माघ– आज बसेको प्रतिनिधिसभाको बैठकमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू अनुपस्थित भएका छन ।

एक साताअघि नै प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । सोहीअनुसार आइतबार दिउँसो १ बजेपछि बसेको प्रतिनिधिसभाको बैठक बसिरहेको छ ।

तर, रास्वपाका सांसद भने अनुपस्थित रहेका छन । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पनि बसिरहेकाले राष्ट्रिय स्वतन्त्र पार्टी सांसद संसद् बैठकमा अनुपस्थित भएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us