नयाँ सांसदहरुबाट पनि जनताले खुशी पाएनन्:धनराज गुरुङ

काठमाण्डु टुडे २०७९ माघ २२ गते १४:४५ मा प्रकाशित

काठमाण्डु,२२ माघ– काँग्रेसका सांसद धनराज गुरुङले देश गम्भीर आर्थिक संकटतर्फ उन्मुख रहेको बताएका छन । आज आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन ।

उनले नेताहरु ठूला सपना मात्रै बाँड्ने काममा लागि परेको भन्दै अझै पनि नसच्चिने हो भने मुलुकले झनै दुःख पाउने बताएका छन ।

उनले आँखा अघि नै व्यवसायीहरुले आत्मदाह र आत्महत्या गर्दा पनि सरकार र नेताहरु आफ्नै स्वार्थमा लागिपरेको बताउका छन ।

उनले जनताको स्वार्थ भन्दा मन्त्रीहरु पुरानो गाडी परिवर्तन गर्नुहोस् भन्नेतर्फ लागिपरेको आरोप लगाएका छन । उनले देश गफले मात्रै चल्न नसक्ने भन्दै संसद जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन ।

उनले भने, ‘मुलुक भयानक आर्थिक संकटतर्फ उन्मुख छ । हामीले ठूला सपना मात्रै बाँडिरहेका छौँ । त्यो बाँड्दै गर्दापनि हाम्रै आँखा अघि व्यवसायीहरु धरापमा परेको देखिरहेका छौँ, आत्महत्या त धेरैले गरिसकेका छन् ।

आत्मदाह आफ्नै अघि गरिरहेका छन्, यसले पनि छुँदैन कि के हो, दिनदहाडै आत्मदाह भएको छ । व्यवसायीमा कोलाहाल मच्चिरहेको छ, तैपनि सरकारमा बस्ने मन्त्रीहरु पुरानो गाडी भयो नयाँ गाडी पाउँ भनेर निवेदन गरिरहेको छ ।

हामी यस्तो बिडम्वना भोगिरहेका छौँ । सपना बाँडेर, गफ गरेर मात्रै हुँदैन, संसद संसद नै हो, सार्वभौम जनताको सत्ता हो, यसमै घोचपेचका मात्रै कुरा हुन्छ । हामी नेताहरु गफ मात्रै गरिरहन्छौँ, काम गर्दैनौँ । देश अधोगतितिर उन्मुख छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us