यतिबेला कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ: केपी ओली

काठमाण्डु टुडे २०७९ माघ २२ गते १४:३१ मा प्रकाशित

काठमाण्डु,२२ माघ– एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अहिले पानीबाहिरको माछा जस्तै छट्पटाइरहेको बताएका छन ।

आज (आइतबार) प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन । ओलीले कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको टिप्पणी गरेका छन ।

उनले भने, ‘ यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छट्पटाएको देखिन्छ । नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ ।

सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us