
काठमाण्डु,२२ माघ– आज विहान नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निराश भएर फर्केका छन् ।
गृह मन्त्रालयनै पाउनैपर्ने अडान राखेका रविलाई प्रचण्डले अहिले मन्त्री नै बनाउन नसक्ने जवाफ दिएका प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ ।
प्रचण्डले नागरिकता मुद्दा किनारा लागे पनि राहदानीको विवाद बाँकी नै रहेको भन्दै अहिले मन्त्री बनाउन नसक्ने बताएका स्रोतको जानकारी दिएको छ ।
एक पटक गृहबाहेक अर्को मन्त्रालयका विषयमा पनि कुरा भएको तर प्रचण्डले मन्त्री बनाउन नसक्ने बताएपछि रवि रिसाएर बाहिरिएको स्रोतले जानकारी दिएको छ ।