
काठमाण्डु,२२ माघ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीको केन्दिय समिति र संसदीय दलको बैठकअघि नेकपा (माओवादी केन्द्रका) अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका छन ।
उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । ४ मंसिरमा भएको निर्वाचनमा चितवन–२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाएका छन् ।
पुनस् नागरिकता लिएपछि गैरसांसद गृहमन्त्री बन्ने कसरतमा रवि लागेका छन् । लामिछानेले गृहमन्त्री नै चाहे पनि प्रधानमन्त्री प्रचण्ड भने सकारात्मक छैनन् ।