पाकिस्तानका पूर्व राष्टपति परवेज मुशर्रफको निधन

काठमाण्डु टुडे २०७९ माघ २२ गते १२:१६ मा प्रकाशित

एजेन्सी– पाकिस्तानका पूर्व राष्टपति परवेज मुशर्रफको मूत्यु भएको छ । पाकिस्तान मिडियाले स्रोतलाई उद्धृत गर्दै यसबारे जानकारी दिएको छ ।

मुशर्रफ लामो समयदेखि बिरामी थिए । दुबईको अस्पतालमा उनको उपचार भइरहेको थियो । उनी लामो समयदेखि अमाइलोइडोसिस रोगबाट पीडित थिए ।

मुशर्रफ धेरै महिनादेखि अस्पतालमा भर्ना थिए । उनको परिवारले ट्विटरमा जानकारी दिँदै उनी अमाइलोइडोसिस नामको रोगबाट जुधिरहेका कारा उनका सबै अंगले काम गर्न बन्द गरेको जानकारी दिएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us