ट्याक्टरको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ माघ २१ गते १२:२९ मा प्रकाशित

पाल्पा, २१ माघ– पाल्पामा शनिबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।

बगनासकाली गाउँपालिका–९ गुनठाँटीस्थित तानसेन–दर्लामाडाँडा सडकखण्डमा ट्याक्टरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार दुई जनाको मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ । प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–१३ का १९ वर्षीय अभिषेक थापा र ३९ वर्षीया मिना थापा छन् ।

उनका अनुसार लु२त ९८८४ नम्बरको ट्याक्टरले लु५३प ७५७१ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते दुवै जनाको पाल्पा अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । प्रहरीले ट्याक्टर चालक धादिङ रोराङ गाउँपालिका–९ का ३३ वर्षीय हरिलाल चेपाङलाई पक्राउ गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us