आबुधाबीमा नेपाली युवाले जिते ८२ करोडको चिठ्ठा

काठमाण्डु टुडे २०७९ माघ २१ गते ८:१६ मा प्रकाशित

काठमाण्डु, २१ माघ– वैदेशिक रोजगारीका सिलसिलामा कतारमा रहेका एक नेपाली युवाले ८२ करोड रुपैयाँको चिठ्ठा जितेका छन् ।

सात वर्षदेखि कतारको एक मनी चेन्जर कम्पनीमा कार्यरत रञ्जितकुमार पालले युनाइटेड अरब इडिरेट्सको अबुधाबीमा आयोजित बिग टिकट र्याफल ड्रको सिरिज २ सय ४८ मा २ करोड ३० लाख दिराम (नेपाली रुपैयाँ ८२ करोड) को चिठ्ठा जितेका हुन् ।

उनले आफूलाई २३२९३६ नम्बरको टिकटबाट उक्त चिठ्ठा परेको बताएका छन् । उनले आफूले त्यति ठूरो रकमको चिठ्ठा जितेकामा धेरै खुसी लागेको प्रतिक्रिया दिए । आफू नेपाल फर्कने र परिवारका लागि उक्त रकम खर्च गर्ने उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us