ग्लोबल आइएमई बैंकद्वारा विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग

काठमाण्डु टुडे २०७९ माघ १३ गते १७:०७ मा प्रकाशित

काठमाण्डु ,१३ माघ- ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत चितवनजिल्लाको भरतपुर महानगरपालिका–१० स्थित चितवन माध्यमिक विद्यालयलाई विभिन्न शैक्षिक सामग्रीहरुउपलब्ध गराई सहयोग गरेकोे छ ।

श्रीपञ्चमीको अवसरमाआयोजित एक कार्यक्रमकबीच बैंकको बाग्मतीप्रादेशिक कार्यालय उप–प्रमुखविदुर ज्ञवालीले चितवन माध्यमिक विध्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीलाइ दराज, कापी लगायतका विभिन्न शैक्षिक सामग्रीहरु हस्तान्तरण गरेकाछन ।

बैंकले उपलब्ध गराएका शैक्षिक सामग्रीहरु विद्यालयले विभिन्न कक्षामा अध्ययनरत गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई वितरण गराएको छ । ग्लोबल आइएमई बैंकले स्थापनाकाल देखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता कार्यक्रमहरुको आयोजना गरी आमनागरिक हरुलाई प्रत्यक्षरुपमा लाभान्वितगर्दै आएको छ ।

कार्यक्रममा बैंकका शहिदचोक शाखाप्रमुख लक्ष्मण पौडेल, सञ्चालन अधिकृत हेम बहादुर गुरुङ लगायत बैंककाकर्मचारी, शिक्षक तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us