आज देखि माया खोला हाइड्रोपावरको आइपिओ खुल्यो

काठमाण्डु टुडे २०७९ माघ १३ गते १३:२४ मा प्रकाशित

काठमाण्डु ,१३ माघ- माया खोला हाइड्रोपावरले आज देखि सर्वसाधारणको लागि आइपिओ निष्कासन गरेको छ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगार गरिरहेका नेपालीहरूका आइपिओ गरी सकेपछि अहिले सर्वसाधारणका लागि निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको ३४ प्रतिशत अर्थात् ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता आइपिओ निष्कासनका लागि छुट्याएको थियो। सो मध्ये १० लाख कित्ता सेयर आयोजन प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख ४० हजार कित्ता कम्पनीले छुट्याएको थियो।

त्यसैगरी,सामूहिक लगानी कोषहरूलाई १ लाख २० हजार कित्ता  बाँडफाँट गरिसकेको छ भने कर्मचारीहरूका लागि ४८ हजार कित्ता सेयर  छुट्याएको छ। बाँकी रहेको १९ लाख ९२ हजार कित्ता सेयर भने कम्पनीले सर्वसाधारणमा वितरण गर्न लागेको हो।

उक्त आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ। कम्पनीको आइपिओमा माघ १७ गतेसम्म आवेदन दिन सकिनेछ।

उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा लगानीकर्ताले २७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले बताएको छ।कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ।

आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू  बाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us