
काठमाण्डु ,१३ माघ- शुक्रबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ११ सय रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो।भने छापावाल सुन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।