
काठमाण्डु, १२ माघ -बिहीबार पनि नेपाली बजारमा सुनको मूल्य बढ्ने क्रमले निरन्तरता पाएको छ।
आज सुनको मूल्य प्रतितोला सात सय रुपैयाँ ले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख छ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार सात रुपैयाँमा कारोबार भएको थियो।
भने चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला सात सय रुपैयाँ ले बढेको हो भने चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो।