
काठमाण्डु ११ माघ बुधबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ ।
बुधबार १०.३७ अंकले बढेको बजार २१८३.६२ विन्दुमा पुगेर रोकिएको हो ।बुधबार २६१ धितोपत्रको ५४ हजार ३७७ वटा कारोबारबाट ९५ लाख ३२ हजार ८६७ कित्ता सेयर किनबेच हुदा ३ अर्ब ४६ करोड ६५ लाख ८ हजार ३३८ रुपैयाँ बराबरको कारोबार भएको छ। बुधबार बैंकिङ, वित्त र अन्य उपसूचकबाहेक अन्य सबै उपसूचक उकालो लागेको छ ।
आज नेशनल हाइड्रोपावर कम्पनीको सबैभन्दा बढी १० करोड १४ लाख ८६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ भने हिमाल दोलखा हाइड्रोपावर कम्पनीको ९ करोड २१ लाख ६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
यस दिन ग्रीनलाइफ हाइड्रोपावर, आदर्श लघुवित्त, सानिमा जीआइसी इन्स्योरेन्स, सूर्यज्योती लाइफ इन्स्योरेन्स र वलेफी हाइड्रोपावरको सकारात्मक सर्किट लेवलमा कारोबार भयो । भने आरबीबी म्यूचअल फण्ड सबैभन्दा धेरै ५.७० गिरावट आएको छ । । जानकी फाइनान्स, पिपुल्स हाइड्रो, सेन्ट्रल फाइनान्ससहितका लगानीकर्ताले आज धेरै गुमाए ।