
काठमाण्डु ,१० माघ- सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेपछि सुनको कारोबार प्रभवित भएको छ ।
बजारमा मूल्य बढेका कारण नयाँ गहनाको बिक्री ठप्प भयको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारको मूल्यले नयाँ गहनाको कारोबार ठप्प जस्तै भयको र पुरानो गहना बिक्री गर्न आउनेहरु बढेको जानकारी व्यापारीहरुबाट आएको महासंघले जनाएको छ ।
’अति आवश्यक परेका सानो समूहबाहेकले सुन खरिद नगरेको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।
अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर हुँदा सुनमा हुने लगानी बढ्दा मूल्य बढेको महासचिव बज्राचार्यको भनाइ छ । अहिले सरकारले दैनिक १० किलो सुन आयातको कोटा तोकेको छ ।