
काठमाण्डु ,१० माघ- नेपाली बजारमा सुनको मूल्य हाल सम्मकै उच्च बिन्दुमा पुगेको छ।
लगातार बढिरहेको सुनको मूल्य आज सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ पुगेको छ। अघिल्लो कारोबार दिन अर्थात् सोमबार तोलामा तीन सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै मंगलबार चाँदीको मूल्य भने घटेको छ।
आज चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।भने सोमबार चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो।