स्याङ्जाको गल्याङ नगरपालिकामा अदुवाको बीऊ किन्दा २ करोड भ्रष्टाचार, पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डु टुडे २०७९ माघ ९ गते १७:४७ मा प्रकाशित

स्याङ्जा,९ माघ– अदुवाको बीऊ खरिद गर्दा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिकाका पूर्वमेयर भुपराज अधिकारी अधिकारीसहित तत्कालिन ६ कर्मचारी जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदुवाको बीउको खरिद कार्यमा भ्रष्टाचार भएको ठहर गर्दै सोमबार अधिकारीसहित नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत, लेखापाल, आपूर्तिकर्ता स्पुक ट्रेडर्सका प्रतिनिधिसमेत ६ जना विरुद्ध मुद्दा दायर गरेको छ ।

अदुवाको बीउको दररेट तय गर्ने गरी गरेको सिफारीसमा अस्वभाविकरुपमा दररेट थप गरेर नगरपालिकालाई १३ लाख रुपैयाँ क्षति पुर्याएको अख्तियारले बताएको छ ।

जसअनुसार अधिकारीलाई तेह्र लाख रुपैयाँ बिगो कायम गरी मागदावी लिएर विशेष अदालतमा मुद्दा दायर गरिएको प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन ।

यसैगरी अधिकारीसहित तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डे, तत्कालीन बाली विकास अधिकृत अरविन्दमणि त्रिपाठी, तत्कालीन लेखापाल राजेन्द्र रेग्मी र तत्कालीन खरिदार सन्तोष कोइरालाले स्पेशिफिकेशनमा उल्लिखित कागजातहरुको परीक्षण नै नगरी गुणस्तरहीन अदुवाको बीउ गानो खरिद गरी भुक्तानीका लागि टिप्पणी आदेश पेश गरेको अख्तियारले बताएको छ ।

जसअनुसार उनीहरुले आपूर्तिकर्तालाई पटक पटक गरेर २ करोड १४ लाख ५० हजार भुक्तानी दिएको अख्तियारले जानकारी दिएको छ ।

उनीहरुउपर करबापत कट्टा गरिएको रकम घटाई कायम हुने एक करोड सन्तानव्वे लाख सत्तरी हजार चार सय उनान्सय रुपैयाँ बिगो कायम गरेर मुद्दा दायर गरिएको भण्डारीले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us