
काठमाण्डू, ८ असार– आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सांसद प्रेम सुवालले प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको खोजी गरेका छन् ।
विनियोजन विधेयकमाथिको छलफलमा सांसद सुवालले संसदमा प्रधानमन्त्री खोजेका हुन् । उनले भिजिट भिसा प्रकरणमा संसद् अवरोधमा रहेका सांसदहरूको माग सम्बोधन गर्न माग गर्दै प्रधानमन्त्रीको जिम्मेवारीका विषयमा संसदमा छलफल हुन लागेकाले प्रधानमन्त्री बैठकमा बस्ने वातावरण बनाउन सभामुखसँग आग्रह समेत गरेका छन ।
‘प्रधानमन्त्रीको जिम्मेवारीका विषयमा आज छलफल हुने भएकाले प्रधानमन्त्रीजी बैठकमै बस्ने वातावरण तयार गर्न पनि सभामुखसँग आग्रह गर्दछु’, सुवालको भनाइ छ । उनले भिजिट भिसाको छानबिन गर्न ढिलाइ नगर्न सुवालको सरकारसँग माग छ ।