
काठमाण्डू, ८ असार– काठमाण्डूको चन्द्रागिरि नगरपालिका–४ स्थित गोदामचौरमा आपसी विवाद हुँदा एकजनाले चक्कु प्रहार भएको छ । चक्कु प्रहारबाट ४६ वर्षीय सुकबहादुर लामा घाइते भएको प्रहरीले जनाएको छ ।
उनको चिउँडोमा चोट लागेको छ । चक्कु प्रहारमा संलग्न २५ वर्षीय महेश्वर लामालाई प्रहरीले पक्राउ गरेको छ । युवकले मदिरा सेवन गरेर आपसी विवाद हुँदा चक्कु प्रहार गरेका हुन् ।
घाइतेलाई उपचारको लागि ललितपुर स्थित बीएण्डबी अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे प्रहरी वृत्त थानकाले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाण्डूका एक जना अधिकृतले जानकारी दिएका छन ।