
झापा,९ माघ– प्रहरीले झापा बाट ब्राउनसुगर जस्तो लिसाइलो पदार्थसहित दुई जनालाई पक्राउ गरेको छ । पक्रउ पर्नेमा झापा बुद्धशान्ति ३ बस्ने अजय तामाङ, सन्तोष राजवंशी र अर्का एकजना रहेका छन ।
प्रहरीका अनुसार चारआलीबाट बुधबारेतर्फ आउदै गरेको प्रदेश १–०१–००२ ह ३५६ नम्बरको अटो चेकजाँच गर्दा लुकाएर ल्याउँदै गरेको ब्राउनसुगर जस्तो पदार्थ ५ ग्राम ११० मिलिग्रामसहित उनीहरुलाई पक्राउ गरिएको हो । तामाङ अटो चालक हुन भने राजवंशी र अन्य एकजना अटोमा सवार रहेका थिए ।