
काठमाण्डु ,९ माघ- साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार घटेको छ।
आज शेयर कारोबार मापक नेप्से परिसूचक १३.७१ अंकले घटेर २१६५.१० बिन्दुमा पुगेको छ। सोमबार २५७ कम्पनीको कारोबार भएको छ । आज १ करोड ७ लाख ५९ हजार ५७९ कित्ता सेयर किनबेच हुदा ३ अर्ब ८६ करोड ४० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
यस्तै,आज कुमारी बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । बैंकको २७ करोडभन्दा बढीको सेयर बिक्री भएको छ। भने दोस्रोमा एनआईसी एशिया बैंक र रिडी पावरको कारोबार भएको छ। आजको कारोबारमा १३ वटा उपसूचकमध्ये बैंकिङ्ग र म्युचुअल फण्ड उपसूचकबाहेक सबै उपसुचक ओरालो लागेको छ ।
सोमबारको कारोबारमा आदर्श लघुवित्त, सानिमा जीआईसी इन्स्योरेन्स, कुमारी बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक र समृद्धि फाइनान्सको सेयर भाउ १० प्रतिशतले बढेको छ। भने, हिमालयन हाइड्रोपावर र लिबर्टी इनर्जीका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।