
काठमाण्डु,९ माघ– प्रहरीले गत महिना काठमाण्डुमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ गरेको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०का अनुसार ४ नेपालकासहित ६ जना विदेशी फिक्सिङमा संलग्न भएको देखिएको छ ।
उनीहरुमध्ये महबुब आलम र आदिल अन्सारी पक्राउ गरेका छन् । यस्तै थप एक जनालाई पक्राउ गरिएको सीआईबी स्रोतले जानकारी दिएको छ । यद्यपि उनको नाम खुलेको छैन ।