
काठमाण्डु,९ माघ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रमुख सल्लाहकारमा पार्टीका उपमहासचिव हरिबोल गजुरेललाई नियुक्त गरेका छन ।
प्रधानमन्त्री प्रचण्डले गजुरेलाई यसअघि नै प्रमुख राजनीतिक सल्लाहकार बनाउने प्रस्ताव गरेका थिए । गजुरेल सिन्धुलीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न चाहन्थे ।
तर, उनको ठाउँमा युवा नेता युता लेखनाथ दाहालले टिकट पाएर निर्वाचित भएका थिए ।