राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त

काठमाण्डु टुडे २०७९ माघ ९ गते १३:३६ मा प्रकाशित

काठमाण्डु,९ माघ– राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डा.मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेका छन् ।

योजना आयोगमा नवनियुक्त श्रेष्ठलाई आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

प्रचण्डले उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us