
काठमाण्डु,९ माघ– शुक्रबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला तिन सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार ३०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । गत साताको शुक्रबारको तुलनामा घटेको सुनको मूल्य फेरी उकालो लागेको हो ।
यसअघि गत वर्ष सुनको मूल्यले ऐतिहासिक कीर्तिमान बनाएको थियो । उक्त मितिमा सुनको मूल्य तोलामा १ लाख ५ हजार ५०० रुपैयाँ कायम थियो ।
यस्तै, चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले बढेको छ । हिजो आइतबार तोलामा १३ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ८० रुपैयाँ कायम भएको छ ।