नेप्सेमा सामान्य वृद्धि, कारोबार रकम ३ अर्ब

काठमाण्डु टुडे २०७९ माघ ५ गते १७:१४ मा प्रकाशित

काठमाण्डु, ५ माघ -साताको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक नेप्से ५.७१ अंकले बढेर बन्द भएको छ ।

बिहीबार दिनभर उतारचढाव भएको बजार ०.२६ प्रतिशतले बढेर २१७८.८१ बिन्दुमा पुगेर रोकिएको हो ।यस्तै बिहीबार ८२ लाख ४७ हजार ६४६ कित्ता सेयर किनबेच भएको छ भने ३ अर्ब ४ करोड ४५ लाख २९ हजार ३२९ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार बैकिङ, जलविद्युत, लगानी, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसूचक बढ्यो भने अन्य उपसूचकहरु घटेका छन् ।आज आदर्श लघुवित्त र मैलुङ खोला जलविद्युतको सकारात्मक सर्किट लाग्यो भने निफ्रा, ग्रीन भेन्चर, स्वेत गंगा हाइड्रो समेत धेरै मूल्य बढ्ने कम्पनीमा रहे ।

यस दिन सर्वाधिक मूल्य घट्नेमा कुमारी धनवृद्धि योजना रहेको छ। उक्त योजनाको इकाइ मूल्य ८।८९ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रुपैयाँ २ पैसामा झरेको छ। बुधबार सर्वाधिक सेयर खरिद–बिक्री एनआइसी एशिया बैंकको भएको छ।

बिहीबार उक्त कम्पनीको ८४५ रुपैयाँमा १८ करोड ४ लाख रुपैयाँ बराबरको सेयर खरिद–बिक्री भएको हो।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us