
काठमाण्डु ,४ माघ- बुधबार नेपाली बजारमा सुनको मूल्य घट्यको छ।
आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार छापावाला सुन प्रतितोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै तेजाबी सुनको मूल्य समेत तोलामा ६ सय रुपैयाँले घट्दै १ लाख ४ हजारमा कारोबार भइरहेको छ। यता चाँदीको मूल्य पनी बुधबार थप तोलामा १५ रुपैयाँले घट्दै १ हजार ३७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ५ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै मंगलबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।