लुम्बिनी प्रदेशका मुख्यमन्त्री गिरीले माघ ५ गते विश्वासको मत लिने

काठमाण्डु टुडे २०७९ माघ ३ गते १५:४० मा प्रकाशित

काठमाण्डु,३ माघ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले ५ माघमा विश्वासको मत लिने भएका छन् । २७ पुसमा ५८ जना प्रदेश सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट विश्वासको मत लिनेबारे मंगलबार प्रदेश सभा सचिवालयलाई जानकारीपत्र बुझाएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन ।

संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जनाको समर्थन रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us