
काठमाण्डु, ३ माघ -प्रधानमन्त्री एवंम माओवादी केन्द्रका अध्क्षय पुष्पकमल दाहाल प्रचण्डले उपचाररत माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई अस्पतालमा भेटेका छन्।
मंगलबार प्रचण्डले पुनलाई ललितपुरको सुमेरू अस्पतालमा पुगेर भेटेका हुन्। प्रधानमन्त्री अस्पतालमा पुगेर पुनको स्वास्थ्य अवस्था बारे बुझेका बतायको छ।नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि गत पुस ३० गते सुमेरु अस्पतालमा भर्ना भएर उपचार गराइरहेका छन् । वंशाणुगत जण्डिसबाट पीडित नेता पुन चुनावी धपेडीले रोग बल्झिएपछि उपचारका लागि गत मंसिर १६ गते चीन गएका थिए।
यस्तै चुनाव जितेपछि पहिलो पटक रोल्पा पुगेका पुनको स्वास्थ्यमा समस्या आएपछि गत पुस ३० गते हेलिकप्टर चार्टर्ड गरी काठमाण्डु ल्याइ सुमेरू अस्प तालमा भर्ना गरिएको थियो।