
काठमाण्डु,३ माघ– पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणलाई अगाडि बढाउने बताएका छन् ।
आज (मंगलबार) पर्यटन मन्त्रालयमा पदबहाली गर्दै उनले यस्तो बताएका हुन । उनले तीब्र गतिमा आयोजना निर्माण अगाडि बढाउने पनि बताएका छन ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल गेम चेन्जर भएको भन्दै उनले निजगढमा विमानस्थल बन्ने बताएका छन । उनले नेपाल वायुसेवा निगमको सुधार बाघको घोडा चढ्नु जस्तै भएको बताएका छन ।
उनले भने, ‘निगमको सुधार बाघको घोडा चढ्नु जस्तै हो, तर, म त्यो आँट गर्छु’ सुधारबारे छलफल अघि बढाउँछौं । विज्ञ, मन्त्रालय र जनतासँग सोधेर यसबारे निर्णय पनि लिन्छौं ।’