
नुवाकोट,३ माघ– नुवाकोटमा आफ्नै दाइको हत्या गरेको अभियोमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको बेलकोटगढी नगरपालिका–९ नलगाउँ बस्ने ३२ वर्षीय ईन्द्र सिंह तामाङ रहेका छन ।
५२ वर्षीय जगत गौचन तामाङको लाठी प्रहार गरी हत्या गरेको अभियोगमा तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
ईन्द्र सिंहले मादक पदार्थ सेवन गरी घरायसी विवाद झै–झगडा हुँदा लाठीले टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएका जगतको जिल्ला अस्पताल त्रिशुलीमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।