
काठमाण्डु,३ माघ– एमालेले मन्त्री बन्नेहरुको नामावली टुंगिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली सहित केही शीर्ष नेताहरुले चार जना मन्त्रीको नाम टुंगो लगाएका छन ।
उच्च स्रोतका अनुसार, एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री बन्ने पक्का भएको छ । पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बन्ने भएका छन् ।
बाँकी मन्त्रीहरुको विभागीय मन्त्रालय अध्यक्ष ओलीले टुंग्याउने भएका छन् । यसअघि उपप्रधानमन्त्री एवम अर्थमन्त्री विष्णुप्रसाद पौडेल भएका छन् । बाँकी तीन मन्त्रीले पनि मन्त्रालय पाउन सकेका छैनन् ।