आज मन्त्रिपरिषद् विस्तार, यी हुन् सपथ लिन लागेका मन्त्री

काठमाण्डु टुडे २०७९ माघ ३ गते १०:३९ मा प्रकाशित

काठमाण्डु, ३ माघ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् ।

राष्ट्रपति भवन शीतलनिवासमा अपराह्न १ बजे मन्त्रीहरुको सपथ ग्रहण समारोह राखिएको छ । एमालेबाट ४, माओवादी केन्द्रबाट ३, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ३ राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई जना मन्त्री बन्न लागेका हुन् । एमालेबाट विमला पौडेल राई परराष्ट्र, पदम गिरी स्वास्थ्यमन्त्री बन्ने निश्चित भएको छ ।

दुई मन्त्रीको टुंगो लाग्न बाँकी छ । माओवादी केन्द्रबाट रेखा शर्मा सञ्चार तथा सूचना प्रविधि अमनलाल मोदी सामान्य प्रशासन र सुदन किराती नागरिक उड्डयन तथा पर्यटन मन्त्री बन्ने भएका छन् ।

यस्तै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । लिङदेन उपप्रधानसहित ऊर्जामन्त्री बन्ने भएका छन् । पार्टीबाट ध्रुवबहादुर प्रधान सहरी विकासमन्त्री बन्ने र अर्का एक मन्त्रीको टुंगो लाग्न बाँकी रहेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल शिक्षा, विज्ञान तथा प्रविधि तथा डोलप्रसाद अर्याल (डिपी)श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्ने भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सात दलका १ सय ६९ सांसदको समर्थनमा गत ११ पुसमा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन उनले सानो आकारका मन्त्रिपरिष बनाएका थिए ।

यसअघि एमालेबाट विष्णु पौडेल उपप्रधानसहित अर्थ, माओवादीबाट नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात र रास्वपबाट सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us