हाइड्रोजन ग्यास पड्किँदा एक जनाको मृत्यु

काठमाण्डु टुडे २०७९ माघ २ गते १८:३५ मा प्रकाशित

काठमाण्डु,२ माघ– कपिलवस्तुको बाणगङ्गामा बेलुन भर्ने हाइड्रोजन ग्यास पड्किँदा एक जनाको मृत्यु भएको छ । मूत्यू हुनेमा बाणगंगा ८ शिसनियाका अन्दाजी ६५ वर्षीय नासिर मोदमद पाखिया रहेका छन ।

भलवाडको कपिलधाममा संचालन भएको चौथो माघी खिचडी महोत्सवमा हाइड्रोजन ग्यास पड्किँदा पाखियाको निधन भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकार दिएको छ ।

मृतक नासिरले बिगत ४० वर्षदेखि बरफ बेच्दै आएका थिए । घटना बारे थप अनुसन्धान भइरहेको प्ररीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us