सत्ता साझेदार दलको बैठक जारी

काठमाण्डु टुडे २०७९ माघ २ गते १८:२१ मा प्रकाशित

काठमाण्डु,२ माघ– सत्ता गठबन्धकन दलको बैठक बालुवाटारमा  जारी छ   । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ पौने ६ बजेदेखि बैठक सुरु भएको हो ।

बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने नेताहरुले बताएका छन । बालुवाटार बैठक अघि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच झण्डै ५ घण्टा ओली निवास बालकोटमा छलफल भएको थियो ।

छलफल सकेर बाहिर निस्कने क्रममा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को पूर्णताबारे आजै टुंगो लाग्ने बताएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us