अनेरास्ववियुले स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिनुपर्छ: शंकर पोखरेल

काठमाण्डु टुडे २०७९ माघ २ गते १७:५७ मा प्रकाशित

काठमाण्डु,२ माघ– एमाले महासचिव शंकर पोखरेलले अनेरास्ववियुले स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व गर्न दिनुपर्ने बताएका छन् ।

आज (सोमबार) अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले काठमाण्डुमा आयोजना गरेको स्ववियु निर्वाचन विशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन ।

महासचिव पोखरेलले आगामी स्ववियु निर्वाचनमा वास्तविक विद्यार्थीलाई नेतृत्व हस्तान्तरण गर्न विद्यार्थी नेताहरुलाई आग्रह गरेका छन ।

उनले हालसम्म विद्यार्थीको नेतृत्व गरिरहेका नेताहरुले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तररण गर्नुपर्नेमा जोड दिएका छन । उनले वास्तविक विद्यार्थीले मात्रै स्ववियु र विद्यार्थीहरूको नेतृत्व गर्नसक्ने भन्दै वास्तविक विद्यार्थीलाई अगाडि बढाउनुपर्ने बताएका छन

। महासचिव पोखरेलले सामाजिक सञ्जालले समाजलाई अराजकतातिर लैजान सुरु भएको पनि बताएका छन । सामाजिक सञ्जालले समाजलाई परिवर्तनको बाटोतर्फ लैजान नसक्ने भन्दै उनले यसले उदार पुँजीवाद र दलाल नोकरशाहलाई प्रवर्द्धन गर्ने बताएका छन ।

उनले एमाले नेतृत्वको सरकार हुँदा सडकमा नागरिक आन्दोलनको नाममा आन्दोलन हुने गरेको उल्लेख गर्दै बुर्जुवाहरुले सरकारको नेतृत्व गर्दाभने नागरिक आन्दोलन सुतेर बस्ने गरेको टिप्पणी गरेका छन ।

उनले नागरिक आन्दोलनको नाममा जनताको वास्तविक अधिकारलाई स्थापित हुनबाट रोक्ने प्रपञ्च गरिएको बताएका छन । उनले मुलुकको अर्थतन्त्रलाई एमाले  नेतृत्वको सरकाले मात्र माथि लैजानसक्ने बताएका छन ।

उनले नेकपा एमालेले नेतृत्व सरकोको पालाम नेपालमा लोडसेडिङको अन्त्य भएको पनि बताएका छन । एमालेले बनाएको उज्यालो नेपालको योजना अर्कैले अपहरण गरेको उनको भनाई छ ।

एमालेले देशको विकास र समृद्धिमा धेरै ठूलाठूला काम गरेको भएपनि ती कामहरुलाई जनताको बीचमा स्थापित गराउन नसकेको उनले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us