
काठमाण्डु ,२ माघ– हिजा (आइतबार) पोखरामा भएको यती एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका र पोखरामा पहिचान गर्न कठिन भएका शव काठमाण्डु पठाइने भएको छ ।
शव लिनका लागि काठमाण्डुबाट हेलिकप्टर पोखरा पुगेको छ । तर सोमबार नभ्याइने भएकाले काठमाण्डुु पठाइने शव मंगलबार मात्र पठाइने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक भरत खत्रीले जानकारी दिएका छन ।
पहिचान भएका शवहरुको पोखरामै पोस्टमार्टम गरिएको छ र त्यहीँबाट आफन्तलाई जिम्मा लगाउने तयारी गरीउको छ । तर पोस्टमार्टम गरेर आफन्तलाई आजै शव दिन कठिन भएको निर्देशक खत्रीले बताएका छन ।
उनले भने, ‘शवको सेलेक्सन भइरहेको छ । पोस्टमार्टम गरेर आज आफन्तलाई शव बुझाउन पनि कठिन देखिएको छ’ । दुर्घटनामा भेटिएका ६९ शवमध्ये २६ जनाको मात्र सनाखतन भएको छ ।
सनाखत भएको सग्लो शरीरसहितको शवको पोस्टमार्टम पोखरामै भइरहेको छ । कतिपय शवको परिचय पत्रका आधारमा सनाखत भए पनि थप सनाखत गर्नुपर्ने देखिएकाले डीएनए परीक्षणको लागि काठमाण्डु लैजानुपर्ने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले बताएको छ ।