
जुम्ला ,२ माघ– जुम्लामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा पातारासी गाउँपालिका १ माथाचौरकी ४२ वर्षकी छोर्तेन लामा रहेको प्रहरीले बताएको छ ।
यस्तै दुर्घटनामा अन्य ९ जना घाइते भएका प्रहरीले बताउको छ । सोमबार अपराह्न ४ बजेको समयमा पातरासी गाउँपालिका–६ मा ग १ ज ४०३५ नम्बरको जीप कोटा भिर भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले बताएको छ ।
घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । प्रहरी पुग्नुभन्दा अगाडि नै स्थानीयले उद्धार गरी अस्पताल पठाएको जिल्ला प्रहरी कार्यकाल जुम्लाले जानकारी दिएको छ ।