बलात्कार गरेको आरोपमा एकजना युवक पक्राउ

काठमाण्डु टुडे २०७९ माघ २ गते १६:४४ मा प्रकाशित

काठमाण्डु,२ माघ– प्रहरीले किशोरीलाई बलात्कार गरेको आरोपमा रुपन्देहीबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मर्चवारी गाउँपालिका–४ महादेही बस्ने २६ वर्षीय सञ्जय पासी रहेका छन ।

१४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उनलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बताएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको टोलीले पक्राउ गरेको हो । यस घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us